प्रतिकात्मक तस्वीर

आर्थिक

ओरालो लाग्यो नेप्से, १९८ कम्पनीको शेयर मूल्य घट्यो

By खबरहब

June 18, 2024

काठमाडौं– आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले ओरालो लागेको छ । आज नेप्से १९.७६ अंकले घटेर २०७६.४९ को बिन्दुमा पुगेको हो । साथै आज भएको शेयर कारोबारले पुँजी बजारको आकार समेत ०.८९ अंकले घट्न पुग्यो ।

आज नेप्सेमा कारोबार गर्ने १९८ कम्पनीको शेयर मूल्य घट्न पुगेको छ भने ४० वटा कम्पनीको शेयर मूल्य बढ्यो । त्यस्तै ९ वटा कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएन ।

आज नेप्सेमा ९५ लाख ४४ लाख ७३४ वटा शेयर कारोबार हुँदा ४ अर्ब ५ करोड ५७ लाख ३७ हजार ८८४ बराबरको कारोबार भयो ।

नेप्सेमा आज भएको शेयर कारोबारमा समाज लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाए भने मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए ।