अन्तर्राष्ट्रिय

अपहरणमा परेकी बालिका तीन वर्षसम्म पनि नभेटिएपछि लण्डनमा प्रदर्शन

By खबरहब

June 18, 2024

काठमाडौँ– पाकिस्तानमा एक जना हिन्दु बालिकाको अपहरण भएको भन्दै बेलायतको लण्डनमा प्रदर्शन भएको छ।

तीन वर्षअघि पाकिस्तानको सिन्ध प्रान्तमा रहेको सुक्कुर सहर नजिकैबाट प्रिया कुमारी नाम गरेकी ७ वर्षीया हिन्दु बालिकाको अपहरण भएको थियो ।

उनको अपहरण भएको लामो समयसम्म पनि खोजीकार्य नभएको भन्दै सिन्धी फाउण्डेसनले बेलायतको राजधानी लण्डनमा प्रदर्शनको आयोजना गरेको हो । 

भारतीय समाचार माध्यमका अनुसार प्रदर्शनकारीले बेलायती प्रधानमन्त्री कार्यालय १० डाउनिङ स्ट्रिटदेखि पाकिस्तानी उच्च आयोगसम्म प्रदर्शन गरेका थिए ।

सिन्धी फाउण्डेसनले पाकिस्तानमा मानव अधिकारको पक्षमा प्रदर्शनलगायतका कार्यक्रम गर्दै आएको छ । बहुसङ्ख्यक मुसलमान जनसङ्ख्या रहेको पाकिस्तानमा हिन्दु, इसाई एवम् अन्य अल्पसङ्ख्यकमाथि ज्यादतीका घटना बढ्दै गएको बताइन्छ ।