फाइल तस्बिर

अन्तर्राष्ट्रिय

तेस्रो पटक प्रधानमन्त्री बनेपछि आफ्नो निर्वाचन क्षेत्र बनारसमा मोदी

By खबरहब

June 18, 2024

काठमाडौं– तेस्रोपटक भारतको प्रधानमन्त्री बनेपछि नरेन्द्र मोदी पहिलोपटक आफ्नो निर्वाचन क्षेत्र बनारस पुगेका छन् 

 प्रधानमन्त्री मोदी दुई दिने भ्रमणका क्रममा मंगलबार दिल्लीबाट बनारस पुगेका हुन् ।

उनी मंगलबार अपरान्ह ५ बजे किसान सम्मान सम्मेलनमा सहभागी हुन बनारस पुगेका हुन् । उनले त्यहाँ किसानसँग संवाद गर्ने कार्यक्रम छ ।

अहिले किसान सम्मान निधिको १७ औँ किस्ता पनि जारी छ। यस क्रममा उनले बारसमा प्रधानमन्त्री–किसान योजनाको १७औँ किस्ता किसानलाई वितरण गर्ने तयारी छ

बीबीसी हिन्दीका अनुसार यस किस्ताअन्तर्गत ९ करोडभन्दा बढी जना किसानलाई २० हजार करोड रुपैयाँ दिइनेछ।

अब मोदीले बनारसको दशाश्वमेध घाटमा गंगा आरती हेर्ने र काशी विश्वनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम छ ।