आर्थिक

मुगुको गमगढीमा प्रभु बैंकको ३०६औँ शाखा सञ्चालनमा

By खबरहब

June 18, 2024

काठमाडौं– प्रभु बैंक लिमिटेडले आजबाट मुगुको छायानाथ रारा नगरपालिका,वडा नं.०२ मा स्थित गमगढिमा ३०६औँ शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकको गमगढि शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरू, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरूले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

प्रभु बैंकका नेपालभर ३०६ शाखा कार्यालयहरू, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढी ग्राहक रहेका छन् ।