खेलकुद

मेसी र सुवारेज बिना इन्टर मियामी विजयी

By खबरहब

July 18, 2024

काठमाडौँ– इन्टर मियामीले अमेरिकन लिग सकर अन्तर्गतको खेलमा टोरेन्टो क्लबलाई पराजित गरेको छ ।

आज बिहान सम्पन्न खेलमा इन्टर मियामीले टोरेन्टोलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

इन्टर मियामीको जितमा फेडेरिको रेडोन्डोले दुई तथा डिएगो गोमेजले एक गोल गरेका थिए । टोरेन्टोका डेरीक एटीएने जुनियरले एक गोल फर्काएका थिए ।

यस खेलमा हालै कोपा अमेरिका जितेका लियोनेल मेसी र उरुग्वेका सुपर स्टार खेलाडी लुइस सुवारेजले खेलेका थिएनन् । मेसी कोपा फाइनलमा घाइते भएपछि इन्टर मियामीका केही खेल गुमाउने भएका छन् ।

यो जितपछि इन्टर मियामीको इस्टर्न कन्फेरेन्समा २४ खेलमा ५० अंक भएको छ र अहिलेसम्म शीर्षस्थानमा रहेको छ । त्यस्तै टोरेन्टो भने २५ खेलमा २७ अंकसहित आठौँ स्थानमा छ ।