खेलकुद

हेर्न लायक भारतीय स्टार

By मनोज घिमिरे

July 18, 2024

निरज चोपरा पेरिस ओलम्पिकमा दक्षिण एसियाले सबै भन्दा आशा गर्न सक्ने खेलाडी हुन्। टोकियो ओलम्पिकमा अपेक्षाकृत प्रदर्शन गर्न नसकेकी सुटर मनु भाकर मेन्टर जसपाल राणासँग बिताएपछि आत्मविश्वासका साथ मैदानमा हुनेछिन्।

भारोत्तोलक मिरबी चौहानले टोकियो ओलम्पिकमा रजत पदक जितेकी थिइन्। यो ओलम्पिकमा उनको लक्ष्य स्वर्ण पदक हो। ब्याडमिन्टनकी पिभु सिन्धु भारतमा लामो समयदेखि लोकप्रिय रहेकी खेलाडी हुन्। भारतको पुरुष हक्की टोली पक्कै पनि हेर्न लायक टोली हो। कुनै समय विश्वमै अजेय शक्तिको रूपमा रहेको भारतीय हक्की टोली त्यस अवस्थामा पछिल्लो समय पक्कै छैन। तर हक्कीका हरेक स्पर्धालाई भारतले महत्वका साथ हेर्ने गरेको छ।

मिरबी चौहान ।

ओलम्पिक विजेता, विश्व च्याम्पियन, एसियाली खेलकुदमा स्वर्ण पदक, कमनवेल्थ खेलकुदमा स्वर्ण पदक तथा डाइमन्ड लिगमा स्वर्ण पदक। भारतीय खेलाडी चोपराका लागि पछिल्ला तीन वर्ष साँच्चै स्वर्णिम रहे। तीन वर्षको बिचमा पाएको यावत उपलब्धिमा उनको चाहना पक्कै पनि ओलम्पिक उपाधि सुरक्षित राख्नु नै हो।

यस वर्ष उनी दोहाको डाइमन्ड लिगमा उपविजेता भए। पावो नुर्मी गेममा पहिलो स्थान पाए। घरेलु भूमिमा भएको फेडेरेसन कपमा पनि विजेता भए।

स्वस्तिक राज रान्डीरेड्डी र चिराग सेठ्ठीको जोडीलाई ब्याडमिन्टनको पहिलो वरीयताको खेलाडी हुनु नै गर्वको विषय हो। स्वस्तिक चिरागको जोडीले वर्षको सुरुवातमा नै मलेसियन ओपन र इन्डियन ओपनमा पराजयको सामना गरेका थियो। त्यसपछि लयमा फर्कँदै फ्रेन्च ओपन र थाइल्यान्ड ओपनको उपाधि जितको हो। भर्खरै स्वस्तिकले पाखुरामा चोट बोकेका थिए। उनी कति ठिक भएर पेरिसको खेलमा तयार हुने छन्। यसैमा धेरै कुरा निर्भर रहने छ।

निरज चोपरा ।

मुक्केबाज लोगिंना मोर्गेहाइले टोकियो ओलम्पिकमा ६८ केजीमा कांस्य पदक जितेकी थिइन्। अहिले उनी ७५ केजीमा प्रतिस्पर्धा गरी रहेकी छिन्। सो तौल समूहमा गत वर्ष उनले विश्व च्याम्पियन सिपमा स्वर्ण पदक जितेकी थिइन्। चेक गणतन्त्रमा भएको ग्रान्ड प्रिक्समा उनले रजत पदक जितेकी थिइन।

पिभु सिन्धुले लगातार दुई पटक ओलम्पिकमा पदक जितेकी छिन्। सन् २०१६ मा रियो ओलम्पिकमा रजत पदक जितेकी उनले टोकियो ओलम्पिकमा कांस्य पदक जितेकी थिइन्। अहिले पनि भारतीय आशा उनीमाथि नै छ।

यो वर्ष सिन्धुको खराब फर्म चली रहेको छ। इन्डोनेसिया ओपन र सिंगापुर ओपनमा कमजोर प्रदर्शन गरेकी थिइन्।

मनु भाकर ।

मिरावीले टोकियो ओलम्पिक भन्दा अघि नै सन् २०१७ मा विश्व च्याम्पियनसिपको उपाधि जितेकी थिइन। भारतीय टोलीमा उनी सबै भन्दा अनुभवी खेलाडी हुन्। तर पछिल्लो समय बोकेको चोटको असर कत्ति रहने निश्चित छैन। ५० केजीमा प्रतिस्पर्धा गर्ने निकत जरिन पछिल्लो दुई पटकका विश्व च्याम्पियन हुन्।

सन् २०२२ यता उनले दुई वटा बाउटमा मात्र पराजयको सामना गरेकी छन्। गत एसियाडको सेमिफाइनलमा नै उनी थाई खेलाडीसँग पराजयको सामना गरेकी थिइन्।

मनु भाकर सन् २०२३ को विश्व च्याम्पियनसिपकी स्वर्ण पदक विजेता हुन्। टोकियो ओलम्पिकमा पनि उनी शीर्ष वरीयताको खेलाडीको रूपमा तीन स्पर्धामा सहभागी थिइन्। परन्तु कुनैमा पनि फाइनलमा समेत प्रवेश गर्न सफल भइनन्।

१० मिटर एयर पिस्तोल र २५ मिटर पिस्तोलमा उनको सहभागिता रहने छ। उनी १० मिटर एयर पिस्तोलको मिक्स टिममा पनि सहभागी हुने छिन्। टोकियो ओलम्पिकको खराब प्रदर्शनलाई बिर्साउन पनि उनी अहिले उत्कृष्ट प्रदर्शनको प्रतीक्षामा छिन्।

भारतका केही अनुभव पनि पक्कै छन्। ओलम्पिकमा समावेश नगरिने खेलमा धेरै राम्रो रहेको भारत जनसंख्याको तुलनामा ओलम्पिकमा सबै भन्दा कमजोर प्रदर्शन गर्ने देशमा सायद नेपाल पछिका केही देशकै रूपमा रहने गरेको छ। तीन करोड जनसङ्ख्या नाघी सकेको नेपाल कुनै पनि पदकको सम्भावना नदेखिए पनि ओलम्पिकमा सहभागिता जनाइरहने देश हो।

संसारको सबैभन्दा धेरै जनसङ्ख्या भएको देश भारतका लागि ओलम्पिकमा प्राप्त सफलता नगण्य नै हो। अझ भनौँ एकदम कम हो। परन्तु यस वर्ष विगतको भन्दा भारतीय टोलीको उत्कृष्ट प्रदर्शनको आशा गर्न सकिन्छ।

टिम गेममा हक्की बाहेकको अन्य कुनै पनि खेलमा भारतको कुनै सम्भावना नै छैन। यस अर्थमा हक्कीमा भारत प्रतिको धेरैको ध्यान छ। विश्व च्याम्पियनसिप तथा अन्य खुला प्रतियोगितामा भन्दा ओलम्पिकमा कमजोर प्रदर्शन गर्ने भारतीय स्टार खेलाडीको परम्परालाई टोकियो ओलम्पिकमा नै चोपराले भङ्ग गरेका छन्।

टोकियो ओलम्पिकमा भारतले सात पदक जितेको थियो। त्यो अहिलेसम्मकै धेरै हो। त्यस बिचमा पनि भाकर समावेश थिइनन्। त्यस समयको सुटिङ भारतीय टोलीमा अहिले भाकर मात्र छिन्।

अघिल्लो विश्व च्याम्पियनसिपमा भारतीय हक्की टोलीको प्रदर्शन एकदमै कमजोर थियो। त्यसपछि नै ग्राहम रेडलाई हटाउँदै भारतले क्रेग फुल्टोनलाई प्रशिक्षक बनाएको थियो।

एसियाली खेलकुद र एसियाली च्याम्पियन सिपमा त्यसयता भारतीय टोलीको छेउछाउ समेत कुनै टोली पुग्न सकेका छैनन्। फूलटनले ल्याएको यो परिवर्तनका कारण पेरिस ओलम्पिकमा पदकको सपना भारतीय हक्की टोलीले देख्न थालेको छ।

सन् १८९६ बाट सुरु भएको गृष्मकालीन ओलम्पिकमा भारतले स्वर्ण पदक सन् २०२८ मा जितेको हो। हेलसिन्की ओलम्पिकमा फाइनलमा नेदरल्यान्ड्सलाई हराउँदै भारतले हक्कीको स्वर्ण पदक जितेको हो।

सन् १९८० सम्म पुग्दा भारतीय हक्की टोलीले ८ पटक ओलम्पिकमा स्वर्ण पदक जितेको थियो। मस्को ओलम्पिकमा पाएको सोही सफलता पनि भारतले व्यक्तिगत स्पर्धामा २ स्वर्ण पदक जितेको छ।

पछिल्लो विश्व च्याम्पियनसिपमा चोपराले ज्याभिलनमा स्वर्ण पदकका लागि अर्का दक्षिण एसियाली अर्साद नदिमसँग प्रतिस्पर्धा गर्नु परेको थियो। नदिमले रजत पदक जिते। यस ओलम्पिकमा भारत र पाकिस्तानका दुई स्टार आमने सामने हुने छन्।

सन् २००८ को बेइजिङ ओलम्पिक खेलमा सुटिङको १० मिटर एयर राइफलमा अभिनव बिन्द्राले स्वर्ण पदक जिते। भारतले व्यक्तिगत स्पर्धामा स्वर्ण पदक जितेको त्यो नै पहिलो हो। त्यसपछि एकै पटक टोकियो ओलम्पिकमा चोपराले स्वर्ण पदक जितेका थिए।

पछिल्लो विश्व च्याम्पियनसिपमा चोपराले ज्याभिलनमा स्वर्ण पदकका लागि अर्का दक्षिण एसियाली अर्साद नदिमसँग प्रतिस्पर्धा गर्नु परेको थियो। नदिमले रजत पदक जिते। यस ओलम्पिकमा भारत र पाकिस्तानका दुई स्टार आमने सामने हुने छन्।

समग्रमा भारतले ओलम्पिक इतिहासमै एउटै संस्करणमा एक भन्दा बढी पदक त्यो पनि स्वर्णसहित जितेमा भाकर बाहेक अन्य भारतीयमा सम्भावना कमै छ। चोपरा त ठुला प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी हुन्। पेरिस ओलम्पिकमा २ दक्षिण एसियाली आकर्षण चोपरा र भाकर नै भएको नकार्न मिल्दैन। स्रोत : फस्ट पोस्ट, हिन्दुस्तान टाइम्स, जीक्यू इन्डिया