समाचार

टीकापुर अस्पतालले थाल्यो ‘डायलाइसिस’ सेवा

By खबरहब

July 18, 2024

कैलाली– लामो प्रतीक्षापछि टीकापुर अस्पतालमा ‘हेमोडायलाइसिस’ सेवा सुरु भएको छ । अस्पतालमा गएको असार ३१ गतेदेखि सेवा सुरु भएको हो ।

सेवा सञ्चालनका लागि अस्पतालले ४० लाख खर्च भएको अस्पतालका चिकित्सक डा. सन्देश पण्डितले बताए । एक विशेषज्ञ चिकित्सक, चार नर्सिङ स्टाफ र दुईजना सहयोगीलाई सेवा सञ्चालनका लागि तालिम दिइएको छ ।

‘फूल फेजमा चलेपछि दैनिक चारजनालाई सहज रूपमा सेवा दिन सकिन्छ’, पण्डितले भने, ‘फूलफेजमा सञ्चालन हुन केही समय लाग्छ ।’

अस्पतालमा डायलाइसिस सेवा सुरु भएपछि यस क्षेत्रका बिरामीले राहत पाएका छन् । यहाँका बिरामी धनगढी र नेपालगञ्ज जानुपर्ने बाध्यता टरेको छ ।

कतिपय नेपालगञ्ज र धनगढी जानुपर्ने अवस्था भएकै कारण काठमाडौँ बसेर डायलाइसिस गराउने गरेका छन् ।