देश/प्रदेश

धरानमा कोरा राइड साइक्लिङ च्यालेन्ज

By खबरहब

July 18, 2024

सुनसरी – प्लाडलर्स धरानको आयोजना तथा रोटरी क्लब अफ धरान घोपाको संयोजनमा शनिबार कोरा राइड साइक्लिङ हुने भएको हो ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा २९ किलोमिटर दुरीमा हुने राइडमा दुई सयभन्दा बढी राइडर्सहरुले सहभागीता जनाउने प्याडलर्स धरानका संयोजक किसन मास्केले बताए।

शनिबार बिहान ७ बजे भानुचोकबाट शुरु हुने राइड पुतलिलाइन, दुर्गा चोक, मङ्गलबारे, जानकी चोक, फुस्रे, अमरहाट, बिजयपुर चोक, देउराली, पानबारी हुँदै धरान–८ स्थित हरियाली सामुदायिक वनमा पुगेर समापन हुनेसंयोजक मास्केले बताए ।

कोरा राइडमा सुनसरीसहित झापा, मोरङका साइक्लिष्टहरु सहभागी हुने आयोजकले जनाएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कोरा राइड प्रत्येक बर्ष जुलाइमा हुने गरेको मास्केले बताए । धरानमा यो प्रतियोगिता सन् २०१७ देखि नियमित आयोजना हुँदै आएको आयोजकले जनाएको छ ।