खेलकुद

साउदी सुपर कप : अल हिलाललाई उपाधि

By खबरहब

August 18, 2024

काठमाडौं– साउदी सुपर कपको उपाधि अल हिलालले जितेको छ । गएराति सम्पन्न फाइनल खेलमा अल नासरलाई ४–१ गोलले हराउँदै  अल हिलालले सुपर कपको उपाधि जितेको हो ।

पहिलो हाफमा १–० ले पछि रहेको अल हिलालले दोस्रो हाफमा सानदार प्रदर्शनका साथ ४ गोल गरेको थियो ।

अल हिलालको जितमा अलेक्सान्दर मिट्रोभिकले दूई तथा सेर्गेज मिलिन्कोभिक साभिक र माल्कमले एक–एक गोल गरेका थिए । त्यस्तै, अल नासरका लागि क्रिस्टियानो रोनाल्डोले एक गोल गरेका थिए ।

योसँगै अल हिलालले अहिलेसम्म पाँच पटक साउदी सुपर लिगको उपाधि जितेको छ । त्यस्तै अल नासरको नाममा दुई उपाधि छ ।