मानवीय सभ्यता एकपछि अर्को समस्यामा परी रहेको छ। चार वर्ष अघि संसार कोरोना महामारीले आक्रान्त भएको थियो। त्यो महामारीबाट मुक्त हुन नपाउँदै फेरि अर्को समस्यामा अड्किएको छ। अहिले एम पक्स सङ्क्रमणका कारण अफ्रिका समस्यामा छ। केन्या त हट स्पट नै भइसकेको छ।
संसारमा भाइरल सङ्क्रमण साँच्चै खतरनाक हो। यसको फैलावट र सङ्क्रमण दरले विगतमा पनि मानिसले धेरै समस्या नभोगेका होइनन्। यसको मतलब यो होइन कि एम पक्सकै कारण हामी सबै आत्तिनै पर्छ। तर अहिले सचेत र सावधान हुन जरुरी भएको कुरा भने नकार्न मिल्दैन। विश्व स्वास्थ्य सङ्गठनले नै यसमा सावधानी अपनाउनु आवश्यक ठहर गरिसकेको छ।
अहिले मध्यपूर्व र अफ्रिकामा फैलिरहेको एमपक्स अन्य देशमा फैलनेक्रम बढेको छ। पाकिस्तानको खाइबर पख्तुवान्कामा यो केस देखा परिसकेको छ।
अहिले मध्यपूर्व र अफ्रिकामा फैलिरहेको एमपक्स अन्य देशमा फैलनेक्रम बढेको छ। पाकिस्तानको खाइबर पख्तुवान्कामा यो केस देखा परिसकेको छ। दुबईबाट पाकिस्तान पुगेका तीन जनामा यसको लक्षण देखिएको थियो। अहिले एमपक्सको नामबाट चिनिने यस सङ्क्रमणलाई विगतमा मन्किपक्सबाट चिन्ने गरिन्थ्यो।
विश्व स्वास्थ्य सङ्गठनले संसारका कुनै पनि व्यक्ति यो भाइरससँग सङ्क्रमित हुनसक्ने सम्भावना रहेकाले विश्वव्यापी रूपमा आपत्काल लगाएको हो।
चार वर्ष अघि संसारलाई आतङ्कित बनाएको कोभिडको क्षति कसैले पनि बिर्सेको छैन। एकदमै छोटो समयमा नै सो महामारीले संसारमा फैलिएको थियो। अहिलेको चिन्ता संसारका धेरै जनसङ्ख्या भएका चीन, भारत र पाकिस्तानमा यो फैलियो भने एकदमै छोटो समयमा नै यसले गम्भीर समस्या र दुर्घटना ल्याउन सक्छ भन्ने हो।
एमपक्स फैलँदो क्रममा गएपछि धेरैमा यसले कोभिड महामारीको समयमा जस्तै लकडाउनमै मानिसलाई राख्ने त होइन भन्ने त्रास बढेको छ ।
एमपक्स फैलँदो क्रममा गएपछि धेरैको चासो यसले कोभिड महामारीको समयमा जस्तो लकडाउनमै मानिसलाई राख्ने त होइन भन्ने त्रास बढेको छ । तर अहिले लकडाउनको सम्भावना कमै रहेको जनाइएको छ।
दुई लिन अघि नै प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा ४५० जनाको यसै रोगको कारण ज्यान गइसकेको समाचार बाहिर आएको थियो। त्यसै दिन अर्को समाचारको अनुसार स्विडेनमा पनि सो सङ्क्रमणले प्रवेश पाइसकेको जनाइएको थियो। स्विडेनका सामुदायिक स्वास्थ्य सङ्गठनका प्रमुख ओलभिया विगेलले स्विडेनका आउट ब्रेटको जानकारी दिएका हुन् र सङ्क्रमित व्यक्ति मध्य अफ्रिकाबाट पुगेका थिए। मध्य अफ्रिकामा अहिले एम पक्स क्लेड वानको प्रकोप बढी रहेको छ।
यो सङ्क्रमण छालाको संसर्ग, यौन तथा सङ्क्रमित व्यक्तिसँगको नजिक रहे बोल्दा पनि सर्नसक्छ। यसका लक्षण पनि धेरै भाइरल सङ्क्रमणको झैँ नै रुघा किसिमको हुन्छ। कोरोना जत्ति सङ्क्रामक त यो छैन तर मृत्यु दरको हिसाबले यो अत्यन्त घातक हो।
कोरोना जत्ति सङ्क्रामक त यो छैन तर मृत्यु दरको हिसाबले यो अत्यन्त घातक हो।
पछिल्लो समय अफ्रिकामा मृत्यु दर चार प्रतिशत पुगेको छ। जबकी कोरोनाको मृत्यु दर १ प्रतिशत भन्दा कम थियो। मध्य अफ्रिकामा उष्णक जङ्गलका क्षेत्रमा यो फैलिरहेको छ। जहाँ हरेक वर्ष यसै किसिमको सङ्क्रमण हुने गरेको छ। अहिले केन्या, बुरुन्डी, र रुवान्डामा फैली रहेको क्लदेड वान ए हो। स्विडेनमा देखिएको भने क्लेड वान बी हो।
सन् २०२२ मा क्लेड टुको कारण स्वास्थ्य आपत्काल लगाइएको थियो। सो समयमा एमपक्सको सो भेरियन्ट घातक मानिएको थिएन। स्विडेनमा मात्र त्यस रोगको तीन सय सङ्क्रमण फेला परिसकेको छ। यो साता नै यसले युरोपका अन्य देशमा धेरै असर गर्नसक्ने अनुमान गर्न थालिएको छ।
परब्रिट इन्सिच्यूटबाट पक्स भाइरसमा विशेषज्ञता हासिल गरेकी डा. जनोनास अल्बानाजले पनि गत वर्षको तथा विगतको भन्दा यस वर्ष एम पक्सको जोखिम बढी हुनसक्ने तथा यसले संसारलाई आतङ्कित बनाउन सक्ने बताउँछिन्। अत्यन्त जोखिममा रहेकाका लागि भ्याक्सिन पनि उपलब्ध छ। तर यसको मात्रा एकदमै कमी छ। संसारमा नै यो व्यापक फैलिएमा भ्याक्सिनको उपलब्ध हुनसक्ने मात्रा नगण्य नै मानिन्छ।
युरोपियन सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार सङ्क्रमण भएको ६ देखि १३ दिनको बिचमा लक्षण देखिन सुरु गर्छ। ज्वरो आउने, टाउको दुख्ने र मांसपेशी दुख्ने लक्षण सुरुमा देखा पर्न सक्छन्। अहिले विश्व स्वास्थ्य सङ्गठनले अफ्रिकामा प्रवेश गर्नेका लागि भ्याक्सिनको प्रयोग अनिवार्य रहेको जनाइ सकेको छ।
कसरी सर्छ एमपक्स ? यो रोग छुँदा पनि सर्नसक्छ। एउटै ओछ्यान र रुमाल प्रयोग गर्दा यो सङ्क्रमण सर्नसक्छ। सन् २०२२ मा यस रोगको सङ्क्रमणबाट मर्नेको सङ्ख्या दुई सय नाघेको थियो। यस वर्ष सो सङ्ख्या सिङ्गो अफ्रिकामा गरेर पाँच सय नाघी सकेको छ। दुबईमा यसले प्रवेश गरीसकेको छ। युरोपमा पनि प्रवेश गरिसकेको छ। दुबई सानो तथा जनघनत्व कम भएको देश हो। तथापि यसले हवाई यातायातमा पार्ने असर ठूलो छ। दुर्बइको एयरपोर्ट संसारको व्यस्त एयरपोर्टको मध्यको हो।
सन् २०२२ मा एमपक्सको इपि सेन्टर युरोप थियो। सो समयमा ८० प्रतिशत सङ्क्रमण त्यही थियो। यस वर्ष इपिसेन्टर फेरिएको अफ्रिका पुगेको छ।
यो सङ्क्रमण अहिले ७५ देशमा रहेको जनाइएको छ। यो गत वर्षको जुन र जुलाइको भन्दा ७७ प्रतिशत बढी हो। यो सङ्क्रमण नयाँ नयाँ पक्कै होइन, तथापि यी सबै तथ्याङ्कले सबैलाई सावधान रहन अनिवार्य गराएको छ।
सन् २०२२ मा एमपक्सको इपि सेन्टर युरोप थियो। सो समयमा ८० प्रतिशत सङ्क्रमण त्यही थियो। यस वर्ष इपिसेन्टर फेरिएको अफ्रिका पुगेको छ। अफ्रिकी क्षेत्र श्रोत र साधनमा मात्र होइन सिङ्गो स्वास्थ्य संरचनामा युरोप भन्दा धेरै पछि रहेका कारण त्यहाँ मृत्यु दर अझ बढी पनि हुनसक्ने जोखिम आङ्कलन गरिएको छ।
यसको पनि कोभिड जस्तै केही समानता छन्। यसको कुनै औषधी छैन। यो सङ्क्रमणमा लक्षण अनुसार उपचार गर्ने तथा सिडोफोभिर, ब्रिन्सिडो फोभिर र टेकोभिरामिट लगायत एन्टी भाइरल नै प्रयोग हुन्छ। स्रोत : बिबिसी, इकोनोमिक्स फोरम, इकोनोमिक्स टाइम्स