समाचार

राष्ट्रियसभा बैठक बस्दै

By खबरहब

August 18, 2024

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसदभवन नयाँबानेश्वरमा बस्नेछ ।

आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल कानुन व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक, २०८१ सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

यस्तै, मन्त्री चौरसियाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।