सांकेतिक तस्बिर

अपराध

अवैध रूपमा रकम माग गरेको आरोपमा दुई युवक पक्राउ

By खबरहब

August 18, 2024

जलेश्वर– जलेश्वर नगरपालिका–५ बस्ने गफुर राइनसँग अवैध रूपमा रकम माग गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको रामगोपालपुर नगरपालिका–५ घर भई जलेश्वरमा डेरा गरी बस्ने २४ वर्षीय सुनिलकुमार राउत र १९ वर्षीय करण मण्डल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताए  ।

केही दिनदेखि गफुरलाई दुवै युवकले बाटोमा भेटेर चिट्ठीमा लेखेर ९२ हजार रुपैयाँ माग गरेको र पैसा मागेर धम्की दिने गरेपछि गफुरले प्रहरीमा जानकारी दिएका थिए ।

सोही जानकारीका आधारमा प्रहरीले शनिबार दुवै युवकलाई जलेश्वर–१ स्थित महादेव मन्दिरको परिसरबाट पक्राउ गरेको हो ।

पक्राउ गरिएका दुवै युवकमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।