राजनीति

एमालेका दुई केन्द्रीय सदस्यले लिए शपथ

By खबरहब

August 18, 2024

काठमाडौं–  नेकपा एमालेका दुई केन्द्रीय सदस्यले आइतबार शपथ लिएका छन् । एमाले पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा केन्द्रीय सदस्यद्वय मञ्जु चालिसे र कुन्दन कुसवाहले अध्यक्ष केपी शर्मा ओलीबाट शपथ लिएका हुन् ।

गत साउन १७ गते बसेको एमाले सचिवालय बैठकले उपाध्यक्षमा गुरू बराल, दुई जना स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठ र केन्द्रीय कमिटी सदस्यमा १७ जनालाई मनोनयन गरेको थियो ।

शपथ ग्रहण कार्यक्रममा बोल्दै ओलीले आगामी निर्वाचनमा बहुमत आउने गरी तयारी गर्नुपर्ने भन्दै अस्तित्व रक्षाको लडाइको साना खेलमा अल्झन नहुने बताए ।

उनले जस्तोसुकै चुनौतीको सामना गरेर भए पनि देशभित्र एमालेलाई बलियो, सशक्त र निर्णायक शक्ति बनाउनुपर्ने धारणा राखे । उनले आफू नेतृत्वको सरकारले देश र जनताको हितलाई असर पर्ने कुनै काम नगर्ने स्पष्ट पारे । अरु दलहरू मोर्चाको खोजीमा रहे पनि एमालेले आफैभित्र मोर्चा बनाएर अघि बढ्ने उनको भनाइ छ ।