देश/प्रदेश

शैल्यशिखर नगरपालिकाका दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

By खबरहब

August 18, 2024

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुई कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले उक्त नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहनसिंह धामी र कृषि नायब प्राविधिक सहायक अशोकसिंह धामीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

कृषि समूहको बिल भुक्तानी गर्दा कसिमन वापत सेवाग्राहीसँग रु चार लाख १२ हजार बराबरको घुस र रु दुई लाख ५० हजार बराबरको दुई वटा चेक (रु पाँच लाख)सहित केही दिन पहिले आयोगको कञ्चनपुर कार्यालयबाट गएको टोलीले पक्राउ गरेको थियो ।

आयोगले आज रु नौ लाख एक हजार बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।