फाइल फोटो

आर्थिक

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

By खबरहब

September 18, 2024

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको हो  ।

महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो  ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १८९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।