समाचार

बिहीबारबाट काठमाडौंमा सुपथ मूल्य पसल सञ्चालन हुने 

By खबरहब

September 18, 2024

काठमाडौं– बिहीबारबाट काठमाडौंमा सुपथ मूल्य पसल सञ्चालन हुने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले २०८१ को लागि चाडबाड लक्षित सहुलियत पसल भोलीबाट काठमाडौंको थापाथलीमा सञ्चालन ल्याउने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले दामोदर भण्डारीले दिउँसो १ बजेट सहुलियत पसलको उद्घाटन गरेपछि सहुलियत पसल सञ्चालनमा आउने छ ।

कम्पनीको सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार व्यापार कम्पनीले सहुलियत पसल वर्षेनी सञ्चालन गर्दै आएको छ ।