नेपालका कप्तान रोहितकुमार पौडेल। तस्बिरः क्यान

क्रिकेट

अमेरिकाविरुद्ध अर्धशतक बनाउन कप्तान पौडेल एक रनले चुके

By खबरहब

October 18, 2024

काठमाडौं – नेपालका कप्तान रोहितकुमार पौडेलले अमेरिकाविरुद्ध अर्धशतक प्रहार गर्न एक रनले चुकेका छन् ।

शुक्रबार बिहान भएको खेलमा पौडेल ४९ रनमा आउट भएका हुन् । अन्तिम दुई ओभरमा नेपालले लगातार विकेट गुमाउँदा पौडेल अर्धशतक बनाउन चुकेका हुन् । नेपालका लागि कप्तान पौडेलले ३३ बलको सामना गर्दै चार चौका र एक छक्काको मद्दतमा ४९ रन बनाउँदै अन्तिम बलमा आउट भए ।

टि–२० सिरिज अन्तर्गत अमेरिकाको डालसस्थित ग्रान्ड पिएरे मैदानमा टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको नेपालले ९ विकेटको क्षतिमा १६४ रन बनाएको छ । १६५ रनको चुनौती पाएको अमेरिकाले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।