जीवनशैली

पूजा गर्दा झुक्किएर पनि नगर्नुस् यस्ता गल्ती

By खबरहब

October 18, 2024

काठमाडौं – कयौँ पटक हामीले हरेक दिन पूजापाठ गछौँ, तर त्यसको फल मिल्दैन ।

पूजा गर्दा हामीले गर्ने साना-साना गल्तीका कारण यस्तो हुने गर्दछ । हिन्दु शास्त्रमा हामीलाई पूजा गर्दा के गल्ती गर्न हुँदैन, के कुरामा ध्यान दिनु पर्दछ भन्ने उल्लेख गरिएको छ ।

भगवान वराहले वराह पुराणमा पूजाको समयमा निषेध गरिएका कामबारे बताएका छन् । यस पुराणमा वराह भगवानले पूजासँग जोडिएका केही कामका बारेमा बताएका छन् ।

– गलत कामबाट कमाएको पैसा भगवानलाई नचढाउनुहोस्। यसलाई अपराध मानिने गरिन्छ ।

– नीलो वा कालो रङ्गको कपडा पूजाका समयमा लगाउनु हुँदैन ।

– शवको स्पर्श गरेपछि स्नान नगरी पूजा गर्नु हुँदैन ।

– सम्भोग गरिसकेपछि स्नान नगरी पूजा गर्नु हुँदैन । यसलाई अपराध मानिने गरिन्छ ।

– रिसाएको बेला भगवानको उपासना गर्दा फल मिल्दैन ।

– अँध्यारोमा भगवानको मूर्ति वा तस्बिरलाई स्पर्श गर्नु वा पूजा गर्नु अपराध मानिने गरिन्छ ।

– घण्टी वा शंख आदीको आवाज नदिई पूजा गर्दा भगवानले स्वीकार गर्दैनन् ।

– केही खाइसकेपछि कुल्ला नगरी वा पानी नपिई पूजा गर्दा फल प्राप्त हुँदैन ।

(एजेन्सीको सहयोगमा )