राजनीति

सरकारको काममा निराश विपक्षी, प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएर राष्ट्रपतिलाई भेट्ने 

By खबरहब

October 18, 2024

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको विपक्षी दलहरूको बैठकमा सरकार असफल भएको निष्कर्ष निकालेको छ । 

बैठकमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डिपी अर्यालका अनुसार आजको बैठकमा प्राकृतिक प्रकोप र बाढी पहिरो पीडितको राहत र उद्धारको सन्दर्भमा सरकारको भूमिका गैर जिम्मेवार देखिएको सबै दलहरूको निष्कर्ष छ । 

यस्तै बैठकले यसै सन्दर्भमा सोमबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने समेत बताएको छ । प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएपछि लगत्तै राष्ट्रपतिलाई भेटेर यसको जानकारी गराइने अर्यालको भनाइ छ । 

यस्तै सरकारले सुनुवाइ नगरे २५ प्रतिशत संसद्को हस्ताक्षर गरेर संसद्को विशेष अधिवेशन आव्हान समेत गर्न सभामुखलाई भेट्ने अर्यालको भनाइ छ । 

आजको बैठकमा सत्ता पक्षका महन्थ ठाकुर पनि उपस्थित थिए  । उनी पनि सरकारको कामका खुसी नभएका कारण बैठकमा उपस्थित भएको बताए । 

यस्तै आजको बैठकले सबै विपक्षी दलले सरकारको कामबारे एक ढिक्का भएर आवाज उठाउने निष्कर्ष निकालेको छ ।