खेलकुद

इङ्ग्ल्याण्डविरुद्धको दोस्रो टेस्टमा पाकिस्तानको शानदार जित

By खबरहब

October 18, 2024

काठमाडौं– पाकिस्तानले इङ्ग्ल्याण्डविरुद्धको दोस्रो टेस्ट जितेको छ । शुक्रबार टेस्टको चौथो दिन पाकिस्तानले इङ्ग्ल्याण्डलाई १५२ रनले पराजित गरेको हो ।

पाकिस्तानले दिएको २९७ रनको लक्ष्य पछाएको इङल्याण्ड १४४ रनमा अल आउट भएको थियो ।

इङ्ग्ल्याण्डलाई अल आउट गर्न पाकिस्तानका नोमान अलीले ८ विकेट लिएका थिए भने साजिद खानले २ विकेट लिएका थिए ।

यस टेस्टमा पाकिस्तानले पहिलो इनिङ्गमा ३६६ रन बनाएको थियो भने इङ्ग्ल्याण्डले पहिलो इनिङ्गमा २९१ रन बनाएको थियो । त्यस्तै पाकिस्तानले दोस्रो इनिङ्गमा २२१ रन बनाएपछि इङ्ग्ल्याण्डलाई २९७ रनको लक्ष्य दिएको थियो ।

यो जितपछि ३ खेलको सिरिजमा १-१ को बराबरी भएको छ । अब टेस्टको तेस्रो खेल अक्टोबर २४ मा रावलपिण्डीमा हुने छ ।