सांकेतिक तस्बिर

देश/प्रदेश

करेन्ट लागेर जलेश्वरमा एक जनाको मृत्यु

By खबरहब

October 18, 2024

जलेश्वर– गौशालानगरपालिका– ३ पचाईन टोलमा करेन्ट लागेर एक जना किशोरीको मृत्यु भएको छ, भने दुई किशोरी घाइते भएका छन् ।

मृत्यु हुनेमा स्थानीय विहारी महतोकी छोरी १४ वर्षीया करिनाकुमारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवालले बताए ।

आज बिहान खेतमा धान काट्नका लागि दुई दिदीबहिनीसँग जाँदै गर्दा उनीहरूलाई करेन्ट लागेको थियो ।

स्थानीय विनोद महतोले जङ्गली जनाबरबाट बाली जोगाउन खेतमा लगाएको बिजुलीको नाङ्गो तारबाट उनीहरूलाई करेन्ट लागेको थियो । करिनाकुमारीको घटनास्थलमै मृत्यु भएको हो ।

बहिनी करिनालाई बचाउने क्रममा उनकी दिदी १८ वर्षीया राधाकुमारी र १४ वर्षीया विभाकुमारी महतो घाइते भएका छन् ।

उनीहरू दुवैको गौशालास्थित निजी क्लिनिकमा उपचार भइरहेको छ छ । हाल उनीहरू स्वास्थ्य अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

खेतमा करेन्ट प्रवाह गर्ने विनोद उक्त घटनापछि सम्पर्कविहीन छन् । मृतक करिनाको शव परीक्षणका लागि बर्दिबास अस्पतालमा पठाएको छ । घटनाबारे अनुसन्धान सुरु भइसकेको प्रहरीले जनाएको छ ।