समाचार

गौशाला धर्मशालाबाट तत्काल मारवाडी सेवा समितिलाई नहटाउन अल्पकालीन अन्तरिम आदेश

By खबरहब

October 18, 2024

काठमाडौं– पाटन उच्च अदालतले मारवाडी सेवा समितिलाई तत्कालका लागि पशुपति धर्मशालाबाट नहटाउन अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।

उच्चका न्यायाधीश डालकुमार खड्काको एकल इजलासले शुक्रबार समितिलाई तत्कालका लागि पशुपति धर्मशालाबाट नहटाउन अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो ।

समितिले पशुपति क्षेत्र विकास समिति र काडमाडौं महानगरपालिकासहित ११ वटा निकायविरुद्ध उच्चमा रिट दायर गरेको थियो ।

समितिले धर्मशालाबाट गैरकानुनी रूपमा निकाल्न खोजिएको दाबी रिट निवेदनमा गरेको छ ।  उच्चले अन्तरिम आदेश दिने वा नदिने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई छलफलका लागिसमेत बोलाएको छ ।