खेलकुद

पहिलो हाफमा नेपाल र भुटान गोलरहित बराबरीमा

By खबरहब

October 18, 2024

काठमाडौं– जारी साफ महिला च्याम्पियनसिप अन्तर्गतको खेलको पहिलो हाफमा नेपाल र भुटान बराबरी खेलेका छन् ।

दशरथ रङ्गशालामा जारी खेलको पहिलो हाफमा नेपाल र भुटान गोलरहित बराबरी खेलेका हुन् । नेपालले पहिलो हाफमा केहि अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेन ।

यस खेलमा नेपालकी प्रमुख खेलाडी सावित्रा भण्डारी भने क्लबले रिलिज नगरेपछि खेलेकी छैनन् ।