अपराध

राजश्व छलीको अभियोगमा व्यवसायी नरेश अग्रवाल पक्राउ

By खबरहब

January 19, 2024

काठमाडौं – राजश्व छली गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले व्यवसायी नरेश अग्रवाललाई पक्राउ गरेको छ । विभागको टोलीले गयराति क्षेत्रपाटीबाट छापा मारी २ करोड नगदसहित उनलाई पक्राउ गरेको हो ।

उनीमाथि हुन्डी र सुन कारोबार गरी राजश्व छली गरेको आरोप छ । अग्रवालसहित अन्य केही व्यक्तिलाई पनि नियन्त्रणमा लिइएको राजस्व अनुसन्धान विभागका प्रवत्ता नवराज अधिकारीले बताए ।

अग्रवाल सुन र हुन्डी कारोबारमा संलग्न भएको विषयमा थप अनुसन्धान भइरहको छ । अहिले उनलाई राजस्वको हिरासतमा राखिएको छ ।