समाचार

आज संसदका दुई समितिको बैठक बस्दै

By खबरहब

January 19, 2024

काठमाडौं – आज संसदको राष्ट्रिय सरोकार तथा समन्वय समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

बिहान ११ बजे बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत सञ्चालित राष्ट्रिय गौरवका आयोजनाको भौतिक/ वित्तीय प्रगति, समस्या र चुनौतीका विषयमा छलफल हुनेछ ।

त्यस्तै १२ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा समितिगत विषयमा छलफल हुने संसद सचिवालयले जनाएको छ ।