प्रतिकात्मक तस्वीर

समाचार

दार्चुलामा यात्रु बस दुर्घटना, १६ जना घाइते

By खबरहब

January 19, 2024

दार्चुला – दार्चुलाको महाकाली–५ खिमतडीमा यात्रुवाहक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

आज बिहान महेन्द्रनगरतर्फ आइरहेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १०३१ नम्बरको बस महाकाली नगरपालिका–५ को खिमतडीमा दुर्घटना भएको दार्चुलाका प्रहरी प्रमुख (डिएसपी) शिवबहादुर सिंहले जानकारी दिए ।

बस सडकबाट करिब १५ मिटर तल खसेको उनले बताए । दुर्घटनाको कारण भने खुलेको छैन । घाइतेहरूको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको  डिएसपी  सिंहले बताए ।