समाचार

ललितपुरका विभिन्न स्थानमा आज विद्युत् आपूर्ति बन्द हुने

By खबरहब

January 19, 2024

काठमाडौं – आज ललितपुरका विभिन्न ठाउँमा ६ घण्टासम्म बिजुली आपूर्ति बन्द भएको छ ।

ललितपुरको चापागाउँ फिडरको चिबहाल गेटदेखि सीमाको चोकसम्म बिजुली मर्मत गर्नुपर्ने भएकाले ६ घण्टा बिजुली नआउने नेपाल विद्युत् प्राधिकरणको लगनखेल वितरण केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार गोदावरी नगरपालिकाका वडा नम्बर ११, १२, १३, ५ र ६ तथा लेले, टीकाभैरव, नल्लु, चापागाउँ, टाखेल, ठेचो, झरुवारासी लगायतका ठाउँमा १० बजेदेखि ४ बजेसम्म बिजुली आपूर्ति बन्द हुनेछ ।