खेलकुद

बागमती प्रदेशका आशुतोष घिरैयाको शतक

By खबरहब

January 19, 2024

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा वागमती प्रदेशका आशुतोष घिरैयाले कोशी प्रदेशविरुद्ध शतक प्रहार गरेका छन् । शतक हान्ने क्रममा आशुतोषले ९९ बलमा १३ चौका र २ छक्का प्रहार गरे ।

उनलाई साथ दिएका रित गौतम ४९ रनमा आउट भए ।

प्रतियोगितामा यो पाँचौ शतक हो । यसअघि पुलिसका रासिद खान, एपीएफका सन्दीप जोरा, आर्मीका बिनोद भण्डारी र कोशी प्रदेशका सुजन थपलियाले शतक हानेका थिए ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीले २६ ओभरमा २ विकेट गुमाउँदै १७३ रन बनाएको छ ।

कोशीका लागि पहिलो विकेट कमल खत्रीले लिए । कोशी सुरुवाती चारै खेलमा पराजित छ । बागमतीले चार मध्य दुई खेल जितेको छ । पछिल्ला दुई खेलमा बागमतीले मधेश प्रदेश र त्रिभुवन आर्मी क्लबलाई हराएको थियो ।