राजनीति

कांग्रेसको पछि नलागे माओवादीले राष्ट्रिय पार्टी बन्न होडबाजी गर्नुपर्छ : नेता पोखरेल

By खबरहब

January 19, 2024

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले कांग्रेसको पछि नलाग्ने हो भने माओवादीलाई राष्ट्रिय पार्टी बन्न होडबाजी गर्नुपर्ने अवस्था रहेको बताएका छन् । 

शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव पोखरेलले अहिले माओवादी आन्दोलन ओरालो लागेको भन्दै कांग्रेससँगै हिँड्न तयार नभए राष्ट्रिय पार्टी बन्न माओवादीलाई होडबाजी गर्नुपर्ने अवस्था रहेको बताए ।

उनले माओवादी नेतृत्वको सरकारले राष्ट्रिय चूनौतिलाई सामना गर्न नसकेको भन्दै शसक्त रुपमा जनताका बिचमा जानुपर्ने अवस्था देखिएको धारणा राखे । उनले प्रधानमन्त्रीले नै छिमेकीहरूका लागि कम्र्फटेवल हुने बताइरहेको भन्दै राष्ट्रिय हितका प्रश्नमा लम्पसारवादी नीतिलाई अवलम्बन गर्ने काम सत्तापक्षबाट भइरहेको तर्क गरे ।

उनले  एमालेको सरकारलाई षड्यन्त्रपूर्ण ढंगले हटाएपछि मुलुकको विकास र समृद्धिको काम ठप्प भएको बताए ।