मनोरञ्जन

चलचित्र ‘एक्टर’ बाट अभियनमा फर्कदै राजबल्लभ

By खबरहब

January 19, 2024

काठमाडौं- साढे ६ वर्षपछि नायक राजबल्लभ कोइराला फिल्ममा फर्कने भएका छन् । नायक प्रदीप खड्काको मुख्य भूमिका रहने भनिएको फिल्म ‘एक्टर’ बाट उनी अभिनयमा फर्कन लागेका हुन् ।

कोइरालाले सोमबार फिल्मको पोस्टर सार्वजनिक गर्दै समर्थकहरुलाई अभिनयमा फर्कने जानकारी दिएका हुन् । उनले भनेका छन्, ‘एक्टर चलचित्रलाई लिएर उत्साहित छु ।’

यसअघि नै एक्टरमा प्रदीप खड्का र नायिका आना शर्मा अनुबन्ध भइसकेका छन् । अदृत फिल्म्सको ब्यानरमा बन्न लागेको यस फिल्ममा थमन कुमार भण्डारीको लगानी रहेको छ ।

राजन भुषालको निर्देशन रहने यो फिल्मको टोली छायांकनमा निस्कन केही समय लाग्ने बुझिएको छ ।

फिल्मको प्रमुख भूमिकामा रहेका प्रदीपको तालिका निकै व्यस्त छ । ‘पुजार सर्की’ को छायांकनमा निस्कन ठिक्क परेको उनले ‘ऐरी’ पछि मात्रै ‘एक्टर’ का लागि समय छुट्याइएको बुझिएको छ ।

सन् २००७ मा प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘पर्खी बसेँ’ बाट सिनेमा क्षेत्रमा प्रवेश गरेका कोइराला करिब दुई दर्जन फिल्ममा अभिनय गरेर अमेरिका भासिएका थिए ।