क्रिकेट

विश्वकप लिग–२ : नामिबियाविरुद्ध नेदरल्याण्ड्स फिल्डिङमा

By खबरहब

February 19, 2024

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय सिरिजमा आज नामिबिया र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

काठमाडौँको कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा टस जितेर नेदरल्याण्ड्सले फिल्डिङ रोजेपछि नामिबियाले पहिले ब्याटिङ गरिरहेको छ ।

नामिबियाले पहिलो खेलमा नेपाललाई ४ विकेटले हराउँदै सिरिजमा विजयी सुरुवात गरेको छ भने नेदरल्याण्ड्स पहिलो खेलमा नेपालसँग ९ विकेटले हारेको थियो ।

८ देश सम्मिलित लिग–२ मा नेपालसहित नेदरल्याण्ड्स, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका छन् ।

लिग–२ मा शीर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडि रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन् ।