राजनीति

सार्वजनिक भए बालकृष्ण खाण !

By खबरहब

February 19, 2024

काठमाडौं– कांग्रेस नेता बालकृण खाण जेलमुक्त भएपछि पहिलोपल्ट सार्वजनिक कार्यक्रममा देखा परेका छन् । कांग्रेस महासमिति बैठकमा देखा परेका उनी कसरी सक्रिय हुने हुन काङ्ग्रेसजनले उत्सुकतापूर्वक हेरिरहेका छन् । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा ७ महिना कैद सजाय भोगेका खाण पाटन उच्च अदालतको आदेशपछि धरौटीमा मुक्त भएका थिए । 

पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार उनी कुनै सार्वजनिक कार्यक्रममा देखा परेका थिएनन् । यतिमात्र हैन, कुनै सञ्चारमाध्यममा धारणा सार्वजनिक नगर्न देउवाले कडिकडाउ गरेको बताइन्छ । 

खाणसंगै यही अभियोगमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे थुनामै छन् । शरणार्थी प्रकरणमा राज्यविरुद्धको अपराध, संगठित अपराध, किर्ते र ठगी गरी चार कसुरमा जिल्ला अदालत काठमाडौंमा खाणसहितका आरोपितविरुद्ध जेठ १० गते मुद्दा दायर भएको थियो