फाइल फोटो

समाचार

एकीकृत समाजवादी स्याङ्जा इन्चार्ज, अध्यक्ष, सचिव र उपसचिव एमालेमै फर्किए

By खबरहब

February 19, 2024

स्याङ्जा– माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी स्याङ्जा जिल्ला इन्चार्ज र अध्यक्ष दुवै जना नेकपा एमालेमा फर्किएका छन्। 

पूर्व सांसद तथा समाजवादी स्याङ्जा इन्चार्ज महेन्द्र थापा र जिल्ला अध्यक्ष रामचन्द्र भट्टराई एमालेमा फर्किएका हुन्।

त्यस्तै स्याङ्जास्थित समाजवादीका जिल्ला सचिव श्रीबहादुर गुरुङ र उपसचिव राजेन्द्र मरासिनी पनि एमालेमा फर्किएका छन्।

उनीहरू सबैलाई एमाले केन्द्रीय कार्यालय च्यासलमा सोमबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूले स्वागत गरेका हुन्।