अन्तर्राष्ट्रिय

अमेरिकाले चिनियाँ विद्यार्थीमाथि ‘अपमानजनक व्यवहार’ गर्‍यो : चीन

By खबरहब

February 19, 2024

काठमाडौं- अमेरिकाले चिनियाँ विद्यार्थीमाथि ‘अपमानजनक व्यवहार’ गरेको आरोप लगाएको छ । चीनका जनसुरक्षामन्त्रीले अस्ट्रियाको भियनामा अमेरिकी समकक्षीसँगको भेटवार्तामा यस्तो बताएका हुन् ।

अमेरिका प्रवेश गर्ने क्रममा चिनियाँ नागरिकलाई अमेरिकी विमानस्थलमा कडाइका साथ अनावश्यक सोधपुछ हुने गरेको चीनले बारम्बार आरोप लगाउने गरेको छ । गत महिना वासिङ्टनस्थित चिनियाँ दूतावासले आफ्नो मुलुकका यात्रुलाई डुलेस विमानस्थलबाट टाढै रहन आग्रह गरेको थियो ।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार चिनियाँ जनसुरक्षामन्त्री वाङ सियाओहोङ र अमेरिकी समकक्षी अलेजान्ड्रो मेयरकासबीच आइतबार भएको वार्ताका क्रममा चीनले अमेरिकालाई ‘कुनै स्पष्ट कारणबिना चिनियाँ विद्यार्थीलाई अपमानजनक व्यवहार र जाँच गर्न बन्द गर्न’ आग्रह गरेको छ ।