देश/प्रदेश

कावासोतीमा पाँच गिद्ध मृत फेला

By खबरहब

February 19, 2024

पूर्वी नवलपरासी – कावासोतीमा पाँच गिद्ध मरेको अवस्थामा फेला परेका छन्। ७ वटा घाइते गिद्धको उपचार भइरहेको स्थानीयको भनाइ छ।

आइतबार कावासोती नगरपालिका-११ को लोकाहा खोलाको किनारमा गिद्ध मृत अवस्थामा फेला परेका हुन्।

मरेको स्याल खाएको कारण गिद्ध मरेको हुनसक्ने अनुमान गरिएको छ। हिमाली गिद्ध एउटा र डंगरजातको एउटासहित ५ वटा गिद्ध मरेको संरक्षणकर्मी डिबी चौधरीले बताए।

सुनगिद्ध जातको एउटा र डंगर गिद्धसहित ७ वटा घाइते छन्।