जीवनशैली

गर्मीमा खुट्टा गन्हाउने समस्याबाट यसरी छुटकारा पाउनुहोस्  

By खबरहब

March 19, 2024

काठमाडौँ– गर्मी लागेसँगै धेरैमा खुट्टा गन्हाउने समस्या आउने गर्दछ । जुत्ता लगाएर लामो समय बस्दा खुट्टा गनाउने समस्या झनै बढेर जान्छ । यो समस्याले कहिले काहीँ मानिसहरूको छेउमा बस्दा पनि असहज बनाउन सक्छ । यो समस्या हटाउन केही घरेलु विधिहरू अपनाउन सकिन्छ ।

खुट्टा गन्हाउने समस्या भएका मानिसहरूले राति सुत्नुअघि खुट्टामा मोजा लगाइ त्यसभित्र कागती राखेर सुत्दा यो समस्याबाट छुटकारा मिल्छ ।

कागतीको प्रयोग कसरी गर्ने ? सुरुमा कागतीलाई दुई भागमा काट्ने । काटेको कागतीलाई पैतालामा दलेर बोक्रा सहितको कागतीलाई मोजाभित्रै राखेर सुत्नु फाइदाजनक हुन्छ । कागतीलाई मोजाभित्र कम्तीमा दुई घण्टा राख्नु राम्रो हुन्छ । यसरी कागती प्रयोग गरेको केही दिनभित्रै खुट्टा सफा र दागबाट मुक्ति मिल्छ ।

मोजाभित्र कागती राखेर सुत्दा हुने अन्य फाइदा यस्ता छन्– – क्रिम, लोसन आदि लगाउनुका सट्टा मोजाभित्र कागती राखेर सुत्दा खुट्टा सुख्खा हुनबाट छुटकारा मिल्छ । – मोजाभित्र कागती राखेर सुत्दा खुट्टामा आउने विभिन्न किसिमका दाग हटेर जान्छ । – राति सुत्नु अघि मोजाभित्र कागती राखेर सुत्दा यसले खुट्टामा आउने मासुका डल्ला पलाउने समस्याबाट छुटकारा मिल्छ । – कागतीको रसले पैतालाको सुख्खापन हटाउन मद्दत मिल्छ । त्यसैले पैतालालाई नरम राख्न कागती उपयोगी हुन्छ ।

श्रोत : एजेन्सीहरूको सहयोगमा