समाचार

देशमा सुशासन कायम गर्न कुनै सम्झौता गर्दिनँ : प्रधानमन्त्री

By खबरहब

March 19, 2024

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा सुशासन कायम गर्न कुनै पनि सम्झौता नगर्ने बताएका छन् । 

आकस्मिक, शून्य र विशेष समयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उनले देशमा सुशासन कायम गर्न सम्झौता नगर्ने बताएका हुन् । 

विभिन्न प्रकरणमा देखिएका दोषीमाथि कारबाही प्रक्रिया भइरहेको सबैलाई अवगत भइरहेको भन्दै उनले दोषी नछुटून् र निर्दोष नपरून् भन्ने धेयसाथ सरकारले काम गरिरहेको बताए ।

यो पनि… आफ्नो पार्टी र अरुको पार्टी भन्ने आग्रह र पूर्वाग्रह राख्दिनँ : प्रधानमन्त्री