अपराध

साथीको हत्या गरी फरार अभियुक्त २१ वर्ष पछि पक्राउ

By खबरहब

March 19, 2024

काठमाडौं–  साथीको हत्या गरी फरार रहेका अभियुक्त २१ वर्ष पछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोलुखुम्बुकाे नेचा सल्यान-४ घर भएका ४१ वर्षीय तिखे भन्ने तेज बहादुर राई रहेका छन् ।

२०५९/०६/१४ गते काठमाडौं महानगरपालिका- १९ मरुढोका ईनाटोल स्थित विनोद शाहीको राँगा काट्ने बधशाला भित्र ईनाटोल नै घरभएका २६ वर्षीय संजय शाहीलाई तिखे समेतले फलामको रडले टाउको लगायत शरीरका विभिन्न भागमा प्रहार गरी हत्या पश्चात् विष्णुमती खोला किनारमा फाली फरार रहेकोमा राईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार कोटेश्वरबाट पक्राउ गरेको हो ।

उनलाई मंगलबार आवश्यक कारबाहीको लागी सम्मानित जिल्ला अदालत काठमाडौं बुझाईएको प्रहरीले जनाएको छ ।