समाचार

रोजगारी सिर्जना हुने क्षेत्रमा राज्यले लगानी गर्ने  

By खबरहब

March 19, 2024

काठमाडौं– पाँच दलीय गठबन्धनले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । सो कार्यक्रममा रोजगारी सिर्जना हुने क्षेत्रमा राज्यले लगानी गर्ने नीति लिएको छ । 

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सिंहदरबारबाट साझा कार्यक्रम सार्वजनिक गर्दै  एकीकृत ऊर्जा नीति बनाइने बताए । साथै पूर्वाधार विकासमा देखिएको अवरोध हटाउने समेत बनाए । 

उनले साझा कार्यक्रम पढ्दै उत्पादनका क्षेत्रमा डिजिटल प्रविधि अपनाउने बताए । यस्तै युवालाई रोजगारसँग जोड्ने कार्यक्रम भएको समेत जानकारी दिए ।