देश/प्रदेश

बैतडीमा आगलागी, ५ लाख बराबरको क्षति 

By खबरहब

April 19, 2024

काठमाडौं– बैतडीमा दुई घरमा आगलागी भएको छ। जंगलमा लागेको आगोबाट पञ्चेश्वर गाउँपालिका–४ भनकुडाका जयबहादुर चन्दको ४ कोठे र ७ कोठे गरी २ वटा घरमा आगलागी भएको हो।

सोही ठाँउ स्थित जंगलमा लागेको आगोबाट दुबै घरमा बिहीबार साँझ आगलागी भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। आगलागी हुँदा घर भित्र रहेका काठ, भाडाबर्तन, लत्ताकपडा, खाद्यान्न, सोलार प्यानल लगायतका सामान गरि अन्दाजी ५ लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

आगलागीबाट मानवीय  तथा चौपाया क्षति भएको  छैन् ।  उक्त आगलागी प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।