तस्बिर : आजतक

अन्तर्राष्ट्रिय

भारतीय चुनाव : मोदी सरकारका ८ मन्त्रीको परीक्षा

By खबरहब

April 19, 2024

भारतमा मतदानका लागि लामवद्ध मतदाता । तस्बिर स्रोत : आजतक

काठमाडौं – भारतमा आजदेखि आम निर्वाचन सुरु भएको छ । सात चरणमा हुने लोकसभा चुनाव आजदेखि सुरु भएको हो । पहिलो चरणमा नेपालसँग सीमा जोडिएका पाँचवटै राज्यहरु- सिक्किम, पश्चिम बंगाल, बिहार, उत्तर प्रदेश र उत्तराखण्डसमेत २१ राज्यमा बिहान ७ बजेदेखि मतदान भइरहेको छ ।

पहिलो चरणमा २१ राज्यका केही मतदान केन्द्रहरु र केन्द्र शासित प्रदेशका समेत गरी १०२ सिटमा मतदान हुँदैछ । लोकसभाका कुल ५४३ सिटका लागि हुने निर्वाचन ८० दिनसम्म चल्ने छ ।

पहिलो चरणमा अरुणाचल प्रदेश, असम, बिहार, छत्तीसगढ, मध्यप्रदेश, महाराष्ट्र, मणिपुर, मेघालय र मिजोरममा मतदान भइरहेको छ । आज पहिलो चरणमै नागाल्याण्ड, राजस्थान, सिक्किम, तमिलनाडु, त्रिपुरा, उत्तरप्रदेश, उत्तराखण्ड, पश्चिम बंगालमा पनि मतदान भइरहेको छ ।

केन्द्र शासित अण्डमान निकोबार, जम्मू कश्मीर, लक्षद्वीप र पुडुचेरीमा पनि आजै मतदान भइरहेको छ ।

पहिलो चरणमा आज नरेन्द्र मोदीको मन्त्रिपरिषदका ८ मन्त्रीसहित तीनजना पूर्वमुख्यमन्त्री र एकजना पूर्वराज्यपाल समेत चुनावी मैदानमा उत्रेका छन् ।

नितिन गडकरी

केन्द्रीय सडक यातायात मन्त्री नितिन गडकरी महाराष्ट्रको नागपुर सिटबाट चुनाव लडिरहेका छन् । गडकरी यहाँबाट ह्याट्रिक गर्ने प्रयासमा छन् ।

केन्द्रीय पृथ्वी विज्ञान तथा खाद्य प्रशोधन उद्योग मन्त्री किरेन रिजिजु अरुणाचल पश्चिम सीटबाट चुनाव लड्दैछन् । सन् २००४ मा रिजिजु पहिलो पटक यहाँबाट विजयी भएका थिए । तर, २००९ को चुनावमा उनी पराजित भएका थिए । त्यसपछि सन् २०१४ र २०१९ मा जिते । यसपटक उनको सामना अरुणाचल प्रदेश कांग्रेसका पूर्वमुख्यमन्त्री तथा प्रदेश अध्यक्ष नबम टुकीसँग हुँदैछ ।

त्यसैगरी केन्द्रीय बन्दरगाह, जहाज र जलमार्ग, आयुष मन्त्री सर्वानन्द सोनेवाल असमको डिब्रुगढ लोकसभा सीटबाट उम्मेदवार बनेका छन् । यो सिटबाट भाजपाले पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री रामेश्वर तेलीको टिकट रद्द गरेर सोनोवाललाई उम्मेदवार बनाएको हो ।

सोनेवाल हाल माथिल्लो सदन राज्यसभाका सदस्य एवं आसामका पूर्वमुख्यमन्त्री पनि हुन् । उनले २०१४ को चुनाव लखिमपुर सिटबाट जितेका थिए । सोनेवाल नरेन्द्र मोदीको पहिलो सरकारमा पनि मन्त्री भएका थिए ।

संसारको सबैभन्दा ठूलो लोकतान्त्रिक देश भारतमा ९६.८ करोड मतदाताले भोट हाल्नेछन् ।

आज पहिलो चरणमै सबै सिटमा मतदान हुने राज्य –

ठूला राज्यमा आज हुने मतदान

(स्रोत : बीबीसी हिन्दी)

याे पनि-

बिहारी गठबन्धन : के पाक्दैछ छिमेकमा ?

पश्चिम बंगालको चुनाव : वामदेखि रामसम्म !

उत्तर प्रदेशमा मोदी-योगी लोकप्रियताको जाँच