खेलकुद

युएईविरुद्ध नेपालको खराब सुरुवात, पहिलो बलमा कुशल भुर्तेल आउट

By खबरहब

April 19, 2024

काठमाडौं– नेपालले युएईविरुद्धको खेलमा पहिलो बलमा नै विकेट गुमाएको छ ।

एसीसी प्रिमियर कपको सेमिफाइनलमा टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालले पहिलो बलमा नै विकेट गुमाएको छ ।

युएईका बलर जुनैद सिद्धिकीले पहिलो बलमा नेपालका ओपनर कुशल भुर्तेललाई आउट गरेका छन् ।