समाचार

कोशीमा मुख्यमन्त्री केदारकै नेतृत्वमा सर्वदलीय सरकार बनाउन कांग्रेसको माग 

By खबरहब

April 19, 2024

काठमाडौं– नेपाली कांग्रेसका सांसद विनोद राईले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई सर्वदलीय सरकार बनाउन बाटो खोलिदिन आग्रह गरेका छन् ।

शुक्रबार संसद बैठकमा भएको संकल्प प्रस्तावमाथि विचार राख्ने क्रममा राईले संविधानको धारा १६८ (५) को आधारमा सरकार बनेकोले सर्वदलीय सरकार बनाउनुपर्ने धारणा राखे ।

सर्वदलीय सरकार केदार कार्कीकै नेतृत्वमा बनाउनुपर्ने उनको माग छ । सरकारविरुद्ध दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने बताउँदै उनले संकल्प प्रस्ताव फिर्ता गर्न एमाले माओवादीलाई आग्रह गरे ।