समाचार

सर्वदलीय सरकार बनाउन मुख्यमन्त्री कार्कीको अपिल

By खबरहब

April 19, 2024

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सर्वदलीय सरकार बनाउन अपिल गरेका छन् ।

प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशका सबै दलसहितको सर्वदलीय सरकार बनाएर संघियताको अभ्यास गर्न अपिल गरेका हुन् ।

उनले प्रदेशलाई अनिश्चिततातर्फ नधकेल्न आग्रह गर्दै संकल्प प्रस्ताव फिर्ता लिन समेत आग्रह गरेका छन् । उनले संकल्प प्रस्ताव संविधान विपरीत भएको भन्दै आफू संविधानभन्दा बाहिर नहिँड्ने स्पष्ट गरे ।

याे पनि…

कोशीमा मुख्यमन्त्री केदारकै नेतृत्वमा सर्वदलीय सरकार बनाउन कांग्रेसको माग