समाचार

सबै कम्युनिष्ट एकतावद्ध हुनुपर्छ : नेता खनाल

By खबरहब

April 19, 2024

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सबै कम्युनिष्ट एकतावद्ध हुनुपर्ने बताएका छन् ।

शुक्रबार विराटनगरमा संचारकर्मीसंग कुरा गर्दै नेता खनालले मुलुकलाई विकास र समृद्धिको दिशातर्फ अघि बढाउन सबै कम्युनिष्ट दलहरू एकताबद्ध हुनुको विकल्प नरहेको बताएका हुन् ।

उनले मुलुकको विकास र प्रगतिको लागि नै नयाँ समीकरण बनाइएको भन्दै फेरि अर्को समीकरण बन्ने सम्भावना नरहेको धारणा राखे । उनले केन्द्रमा नयाँ समीकरण अनुसार सरकार अघि बढिरहेको बेला प्रदेशहरूमा पनि केही प्रक्रियागत र विषयहरू मिलाउन थालिएको बताए । त्यस्तै उनले कोशी प्रदेश सरकारको विषयलाई लिएर बिस्तारै मिल्ने जिकिर गरे ।

नेता खनालले मुलुकमा राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक समस्याहरू बढ्दै गएकाले सबै राजनैतिक दलहरू मिलेर समाधान गर्नुपर्ने बताए ।