अन्तर्राष्ट्रिय

चिनियाँ केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

By खबरहब

April 19, 2024

बेइजिङ। चीनको केन्द्रीय बैंकका एक पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप लागेको छ।

चिनियाँ राज्य प्रसारक सिसिटिभीले फ्यान यिफेईसँग ५ करोड ३० लाख अमेरिकी डलर भन्दा बढीको गैरकानुनी सम्पत्ति रहेको दाबी गरेको हो ।

उनी सन् १९९३ देखि सन् २०२२ को बीचमा गैरकानुनी गतिविधिमा संलग्न थिए। फ्यान पहिलो पटक सन् २०२२ नोभेम्बरमा ‘अनुशासन र कानूनको संदिग्ध उल्लङ्घन’ का लागि अनुसन्धानको दायरामा आएका थिए।

बिहीबार मध्य प्रान्त हुबेईमा घुसखोरी मामिलमा प्रारम्भिक सार्वजनिक सुनुवाइ भएका थियो । फैसलाको घोषणा पछि गरिने भएको चिनियाँ सञ्चार माध्यमहरुले बताएका छन् ।