समाचार

सभामुखले दलका मुख्य सचेतकसँग छलफल गर्दै

By खबरहब

May 19, 2024

काठमाडौं– प्रतिनिभिसभाका सभामुख देवराज घिमिरेले संसद सञ्चालनका विषयमा दलका प्रमुख सचेतकसँग छलफल गर्दैछन् ।

आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकबारे छलफल गर्न सभामुखले बिहान साढे १० नयाँबानेश्वरस्थित संसद भवनमा दलका प्रमुख सचेतकसँग छलफल गर्न लागेको सभामुखको सचिवालयले जनाएको छ ।

सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यसअघिका बैठक अवरुद्ध गर्दै आएको छ ।

सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी कांग्रेसबीच संसदीय छानबिन समिति बनाउने सहमति भएसँगै आजको बैठक सञ्चान हुने सम्भावना देखिएको छ ।