Arsenal's Brazilian defender #06 Gabriel Magalhaes pulls the jersey of Manchester City's Norwegian striker #09 Erling Haaland (R) as they fight for the ball during the English Premier League football match between Manchester City and Arsenal at the Etihad Stadium in Manchester, north west England, on March 31, 2024. (Photo by Darren Staples / AFP) / RESTRICTED TO EDITORIAL USE. NO USE WITH UNAUTHORIZED AUDIO, VIDEO, DATA, FIXTURE LISTS, CLUB/LEAGUE LOGOS OR 'LIVE' SERVICES. ONLINE IN-MATCH USE LIMITED TO 120 IMAGES. AN ADDITIONAL 40 IMAGES MAY BE USED IN EXTRA TIME. NO VIDEO EMULATION. SOCIAL MEDIA IN-MATCH USE LIMITED TO 120 IMAGES. AN ADDITIONAL 40 IMAGES MAY BE USED IN EXTRA TIME. NO USE IN BETTING PUBLICATIONS, GAMES OR SINGLE CLUB/LEAGUE/PLAYER PUBLICATIONS. - RESTRICTED TO EDITORIAL USE. No use with unauthorized audio, video, data, fixture lists, club/league logos or 'live' services. Online in-match use limited to 120 images. An additional 40 images may be used in extra time. No video emulation. Social media in-match use limited to 120 images. An additional 40 images may be used in extra time. No use in betting publications, games or single club/league/player publications. /

खेलकुद

प्रिमियर लिग : अन्तिम खेल निर्णायक, सिटी र आर्सनलमा कसले जित्ला उपाधि ?

By खबरहब

May 19, 2024

काठमाडौं- जारी सिजनमा स्पेनिस ला लिगा, इटालियन सिरि ए र जर्मन बुन्डेस लिगाको उपाधि छिनोफानो भइसकेको छ ।

स्पेनमा रियल मड्रिड, इटालीमा इन्टर मिलान र जर्मनीमा बायर लेभरकुजनले घरेलु लिगको उपाधि चुमिसकेका छन् ।

तर विश्वमा सर्वाधिक लोकप्रिय मानिने इङ्लिस प्रिमियर लिगको उपाधि भने अझै छिनोफान भइसकेको छैन ।

उपाधिको छिनोफानोका लागि विश्वभरका समर्थकहरूले अन्तिम खेल नै कुर्नुपर्ने भएको छ ।

सबैभन्दा प्रतिस्पर्धात्मक मानिने इङ्लिस प्रिमियर लिगमा यो सिजन पनि त्यस्तै भएको छ ।

लिग कसले चुम्छ भन्ने टुंगो आइतबार राति ८ बजेर ४५ मिनेटदेखि एक साथ १० वटै खेल सुरु भएपछि मात्रै लाग्ने भएको छ ।

इङ्लिस प्रिमियर लिगको जारी सिजनको उपाधि भिडन्त नकआउट फुटबलको फाइनल जस्तै हुन पुगेको छ । किनभने उपाधि होडको अन्तिम दौडमा डिफेन्डिङ च्याम्पियन म्याचेस्टर सिटी र सन् २००३/०४ यता खाली हात रहेको आर्सनल छन् ।

उता लिभरपुल भने यसअघि नै उपाधि होडबाट बाहिरिएको छ । उसका प्रशिक्षक जुर्गेन क्लोप यो सिजन पनि उपाधिविहीन हुँदै क्लबबाट बाहिरिएका छन् ।

यस्तोमा आइतबार राति हुने लिगको अन्तिम अर्थात् ३८ औं चरणको खेलबाट लिग उपाधिको टुंगो लाग्ने भएको छ ।

लिगमा ३७ खेलबाट ८८ अंकसहित शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले वेस्ट ह्यामको सामना गर्दैछ । यो खेल सिटीको घरेलु मैदानमा हुँदैछ ।

उता उपाधि होडका क्रममा वेस्टह्यामविरुद्ध सिटीको हारको कामना गरिरहेको आर्सनलले पनि एभर्टनलाई घरेलु मैदानमा स्वागत गर्दैछ । आर्सनल ३७ खेलबाट ८६ अंकसहित दोस्रो स्थानमा रहेका उपाधि जित्न उसले सिटीको हारको कामना गरेर मात्रै पुग्दै आफूले पनि स्पष्ट जित निकाल्नुपर्नेछ ।

सिटी लगातार तीन सिजनको च्याम्पियन हो । यस्तोमा सिटीले अन्तिम दिनको खेलमा वेस्टह्यामलाई हराए स्वत: उपाधि उसकै पोल्टमा जानेछ । बराबरी गरे आर्सनलको नतिजा कुर्नु पर्छ । आर्सनल पराजित भएमा उपाधि स्वतः सिटीले जित्ने छ । यदि सिटीले हारेर आर्सनलले स्पष्ट जित निकालेमा मात्रै उपाधि लण्डनमा बस्नेछ ।

सिटी लगातार चौथोपटक उपाधि जित्न तम्तयार रहँदा आर्सनललाई २० वर्षदेखिको उपाधिको खडेरी तोड्नुछ । यदि सिटीले जितेमा इङ्ल्यान्डमा माथिल्लो डिभिजनको सय वर्ष पुरानो इतिहासमा लगातार चार पटक उपाधि जितेको कीर्तिमान बन्ने छ ।

पेप ग्वार्डिओलाको कमानमा रहेको सिटीले गत सिजन ट्रिबल जितेर कीर्तिमान बनाएको थियो । यस पटक लिग उपाधि जिते उनले अर्को दुर्लभ कीर्तिमान बनाउने छन् ।

सिटीले आफ्नो शानदार लयलाई कायम राख्ने क्रममा ३७ औँ चरणको खेलमा टोटनहमलाई हराएको थियो । जुन खेलमा सिटीको हारको कामनामा आर्सनल र उसका फ्यान थिए । सिटीले टोटनहमलाई हराएसँगै एस्टन भिल्ला तालिकाको चौथो स्थानमा रहेर युरोपेली च्याम्पियन्स लिग खेल्ने भएको छ ।