समाचार

फेरि सर्‍यो प्रतिनिधिसभा बैठक 

By खबरहब

May 19, 2024

काठमाडौं– सत्तापक्ष र प्रतिपक्षबीच सहकारी ठगी प्रकरण छानबिनका लागि गठन गरिने संसदीय समितिको कार्यादेशमा सहमति जुट्न नसकेपछि प्रतिनिधिसभा बैठक फेरि सरेको छ ।

संसदीय समितिको कार्यदेश निर्धारण गर्न गठित स्वास्थ्यमन्त्री पदम गिरी नेतृत्वको कार्यदल छलफलमै रहेकाले सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक ४ः३० बजेका लागि सारेका हुन् ।

 यसअघि समितिको कार्यादेशमा कुरा मिल्न नसकेपछि बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको थियो ।