समाचार

धनुषाबाट चार जना किशोर किशोरीको उद्धार

By खबरहब

May 19, 2024

धनुषा– धनुषाबाट चार जना किशोर किशोरी उद्धार गरिएको छ ।

सिराहाको कर्जन्हाबाट भागेर भारततर्फ जाँदै गरेका दुई किशोर र दुई किशोरीलाई जेठ ४ गते धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका- १ स्थित सीमा इलाकाबाट उद्धार गरिएको हो ।

नेपालबाट भारतको जयनगरतर्फ जाने योजनाकारका साथ यात्रुवाहक बसमा चढी आएका उनीहरूलाई शंकास्पद अवस्थामा रेल्वे सुरक्षा वेश जनकपुरधाम र माइती नेपालको टोलीले उद्धार गरेको हो ।